News Griha :: न्यूजगृह
धर्मनिरपेक्षतालाई परिमार्जन र व्यवस्थित गर्ने जिम्मा माओवादीले लिनैपर्छ : उपमहासचिव पुन
फाइल तस्बिर ।

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले धर्मनिरपेक्षतालाई परिमार्जन सहित व्यवस्थित गर्ने जिम्मा नेकपा माओवादी लिनैपर्ने बताएका छन् ।

जनतासँग माओवादी : विषेश रूपान्तरण अभियान अन्तरगत काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले आयोजना गरेको  कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै पुनले आफ्नो पार्टीले देशमा धर्म निरपेक्षता ल्याएपनि त्यसलाई व्यवस्थित गर्न नसकेको टिप्पणी  गरे । उनले त्यसलाई परिमार्जन गर्ने र व्यवस्थित गर्ने जिम्मा माओवादीकै भएको बताएका छन् । 

उनले भने, ‘धर्म निरपेक्षताको लागि लड्ने पार्टी हामी नै हौं । राज्य धर्मनिरपेक्षता भयो तर, यसलाई व्यवस्थित गर्ने जिम्मा पनि हाम्रो हो । मैले भन्दै थिए, अहिले जति उपलब्धीहरू भएका छन्, त्यसलाई फेरी परिमार्जन गर्ने जिम्मेवारी पनि माओवादी पार्टीको छ , यसलाई हामीले आत्मसाथ गर्नैपर्छ यसको जिम्मेवारी लिनै पर्छ।’

त्यस्तै उनले विचार विनाको पार्टीले देशलाई विकास गर्न नसक्ने भन्दै आफ्नो पार्टीले तय गरेको सार्वजनिक, निजी र सहकारीको तीन खम्बे नीतिबाट अगाडि बढ्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १०:००
Weather Update