News Griha :: न्यूजगृह
कांग्रेस सभापति देउवाले दिए १५ केन्द्रीय सदस्यलाई विभाग प्रमुखको जिम्मेवारी [सूची]

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ जना केन्द्रीय सदस्यलाई विभाग प्रमुखमा  मनोनयन गरेका छन् । 

शुक्रबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम उनीहरूलाई विभिन्न विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।

मनोनीत हुने केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय विभागको जिम्मेवारी पाएका छन् भने पुष्पा भुसालले महिला विभागको जिम्मेवारी पाएकी छिन् ।

त्यस्तै केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले उद्योग तथा व्यापार विभागको जिम्मेवारी पाएका छन् भने किरण यादवले तराई मधेस समन्वय विभागको जिम्मेवारी पाएकी छिन् ।

सूची

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०६:४४
Weather Update