News Griha :: न्यूजगृह
एमाले नेताहरू किन जाँदैछन् चीन ? 

काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावनापूर्ण भ्रमणका लागि शनिबार त्यसतर्फ जाने भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने सो पार्टीका केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले विज्ञप्तिमार्फत जानकारी दिए ।

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् । भ्रमण टोलीले गणतन्त्र चीनका ३ मुख्य शहर छोङ्छिङ्, बेइजिङ र छिङ्हाइको भ्रमण गर्नेछ ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ । भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १८:५३
Weather Update