पूर्वराजाको भाषणः लोभ देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भयो [भिडिओसहित]
सुनसरी— पूर्वराजा ज्ञानेन्द्र शाहले लोभ देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् ।
सुनसरीको इनरुवामा नागरिक अभिनन्दनका क्रममा उनले राज्यमा शान्ति र अनुशासन चाहिने बताए । स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन विना हुन सक्दैन, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ’ उनले भने, ‘परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिंदैन ।’
उनले नेपालको राष्ट्रियता र एकता रक्षा गर्न आवश्यक रहेको बताए ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ १९:५५













