News Griha :: न्यूजगृह
टिप्पणी : शिक्षक महासंघ आवश्यक छ ?

मेरो बुझाइमा शिक्षक महासंघ शिक्षा क्षेत्रको समग्र विकास तथा शिक्षासम्बन्धी नीति निर्माणमा सरकारलाई सुझाव दिई अन्यायमा परेका शिक्षाकर्मीको लागि न्याय दिलाउन लविङ तथा आन्दोलनमार्फत न्याय दिलाउने एउटा पेसागत संगठन हो ।

महासंघमा आबद्ध १३ घटक शैक्षिक संघसंस्थाको समग्र विचार बोकेको सरकारबाट मान्यता प्राप्त पेसागत संस्था हो । यसको अत्यन्त महत्त्वपूर्ण भूमिका हुन्छ । नेपालमा संघीयता लागु भएपश्चात् तीनै तहमा महासंघ गठन भएको छ । र, त्यसको आवश्यकता पनि छ ।

सम्पूर्ण घटक संघसंगठनहरूको बराबर हैसियत हुन्छ । महासंघको प्रमुख पदमा यस्तो व्यक्ति हुनुपर्छ जो समग्र शिक्षाकर्मीको हकहितको लागि लविङ गरी समस्यामा परेको पेसाकर्मी शिक्षक वा कर्मचारीको समस्या समाधान गर्ने खालको हुनुपर्छ न कि श्रमशोषणविरुद्ध देशव्यापी आन्दोलनमा लिडिङ गर्ने शिक्षक वा कर्मचारीको विपक्षमा वकालत गर्ने ।

टिप्पणीकर्ता लेखापाल तथा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका सूचना अधिकारी हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०८:०१
Weather Update