आज सार्वजनिक बिदा
काठमाडौं— काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार सापारु र रोपाइँ जात्रा मनाउन महानगरका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो ।
सापारु र रोपाइँ जात्राको परम्परालाई निरन्तरता दिँदै र त्यसको महत्त्वको प्रचारप्रसार गर्न, महानगरको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको बताइएको छ ।
नेवार समुदायले काठमाडौंमा बिहीबार नै गाईजात्रा मनाए पनि शुक्रबार रोपाइँ जात्रा मनाउने भएपछि महानगरले सो निर्णय गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० ०७:२७













