News Griha :: न्यूजगृह
समाजवादी मोर्चाले पोखरामा सन्देश सभा गर्दै

काठमाडौं— समाजवादी मोर्चाले शुक्रबार पोखरामा सन्देश सभा आयोजना गर्दैछ । उक्त सभालाई ४ दल सम्मिलित  मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पोखरा जाँदैछन् ।

मोर्चाले बिहीबार कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरेको थियो । मोर्चाका नेताहरूले सरकारको भविष्य, सुशासनलगायत विषयमा बोलेका थिए । सो अवसरमा समाजवादी मोर्चा‌को कर्णाली प्रदेश कमिटी घोषणा पनि भएको छ ।

७ वटै प्रदेशमा सन्देश सभा आयोजना गर्ने मोर्चाको पूर्व घोषित कार्यतालिका छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०६:५२
Weather Update