News Griha :: न्यूजगृह
काठमाडौंका यी सडकमा सवारीसाधन चलाउन निषेध

काठमाडौं— काठमाडौं महानगरपालिकाले शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।

गुँलागा द्वितीया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारीसाधन सञ्चालान गर्न नदिइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसरमा सवारीसाधन निषेध गरिएको छ ।

त्यसैगरी गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारीसाधन प्रवेश गर्न नदिने महानगरपालिकाले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

हेर्नुस् सूचना

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०६:२६
Weather Update