News Griha :: न्यूजगृह
समाजवादी मोर्चाको गण्डकी प्रदेश समिति घोषणा
देवेन्द्र पौडेल

पोखरा— समाजवादी मोर्चा नेपालको गण्डकी प्रदेश संयोजन समिति गठन गरिएको छ ।

पोखरामा शुक्रबार हुने प्रदेशस्तरीय सन्देश सभाको अघिल्लो दिन मोर्चामा आबद्ध पार्टीबाट ३–३ जना सदस्य रहने गरी प्रदेश समिति गठन गरिएको मोर्चाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

नेकपा (माओवादी केन्द्र) का सचिव एवम् गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पत्रकार सम्मेलनमा मोर्चाको प्रदेश समिति घोषणा गरे ।

मोर्चामा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चामा रहेका छन् ।

यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहेका छन् ।

सचिव पौडेलका अनुसार मोर्चा समितिको अध्यक्षता आलोपालो प्रणालीअन्तर्गत हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गुरुङले गर्नेछन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २२:०३
Weather Update