News Griha :: न्यूजगृह
बर्खा सकिएपछि लाखौं जनतालाई सडकमा उतार्छौं, सरकार कति समय चल्छ चिन्ता छैन : प्रधानमन्त्री

सुर्खेत— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सकिएपछि लाखौं जनतालाई सडकमा उतार्ने बताएका छन् ।

बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रियता, जनजीविका,सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतार्ने बताएका हुन् ।

‘बर्खा सकिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ । जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो,’ प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकार कति समय चल्छ भन्नेमा आफ्नो चिन्ता नरहेको र आफू सरकार जोगाउन जे पनि गर्ने पक्षमा नरहेको पनि बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १७:१६
Weather Update