News Griha :: न्यूजगृह

काठमाडौंसरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेकी सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेशबाबु अर्याल छन् ।

आयोगलाई तीन महिनाको अवधि दिइएको र ठोस तथा मूर्त रूपमा मिटरब्याजीको समस्या समाधानका लागि तत्काल एक्सनमा जाने गरी प्रतिवेदन पेश गर्न भनिएको प्रवक्ता शर्माले बताइन् ।

आयोगको मुख्यालय जनकपुरमा राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । 


 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १९:२७
Weather Update