समाजवादी मोर्चा एकढिक्का भएर भ्रष्टाचारविरुद्धमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मार्चा अहिले एकढिक्का भएर भ्रष्टाचारविरुद्धमा केन्द्रित भएको बताएका छन् ।
बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।
सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरुद्ध अभियान चलाएको पनि उनले बताए । उनले भने,‘गठबन्धन र सरकारको तर्फबाट भ्रष्टाचारविरुद्ध अभियान चलाइएको छ । सरकारले दायाँबायाँ हेर्दैन । सरकार र मोर्चा एकढिक्का भएर यसैमा केन्द्रित छ ।’
पहिले विभिन्न कारणले अलग भएका दलहरू समाजवादी मोर्चाबाट एक ठाउँमा जुटेकोले आफूलाई खुसी लागेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० १६:४३