नेकपाले बोलायाे स्थायी कमिटी बैठक

काठमाडौं— नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने स्थायी कमिटी सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।
विकसित पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको विरहीकाे भनाइ छ ।
एमसीसी कार्यान्वयनविरुद्ध विरोधका थप कार्यक्रम गर्ने विषयमा पनि बैठकमा छलफल हुने नेकपाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० १४:५७