गृहमन्त्री श्रेष्ठ भन्छन्— सुशासन अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छ

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३३औं वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकारले चलाएको सुशासन र भ्रष्टाचारविरोधी अभियान असफल बनाउने प्रयास भइरहेको बताएका हुन् ।
‘सुशासनविरुद्ध संगठित भएर असफल बनाउने दुष्प्रयास पनि गर्दैछन् । तर सरकारले सुशासन अभियानलाई छोड्नेवाला छैन,’ श्रेष्ठले भने ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० १४:४२













