News Griha :: न्यूजगृह
दक्षिण अफ्रिकाको जोहान्सबर्गको एक भवनमा आगलागी हुँदा ६३ को मृत्यु

काठमाडौं— दक्षिण अफ्रिकाको मुख्य शहर जोहान्सबर्गको एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

आपतकालीन व्यवस्थापन सेवाका अनुसार हालसम्म ६३ जनाको ज्यान गएको छ भने ४० बढी घाइते भएका छन् ।

सामाजिक सञ्चालनमा पोस्ट गर्दै जोहान्सबर्ग नगरपालिकाले ‘खोज अभियान’ जारी राखेको बताएको छ । त्यहाँको आपतकालीन सेवाले बीबीसीलाई दिएको जानकारी अनुसार बुधबार राति साढे १ बजे आगलागी भएको थियो ।

घटनास्थामा खोज र उद्धार कार्य जारी रहेको जनाइएको छ । आपतकालीन सेवाका प्रवक्ता रोबर्ट मलाउड्जीले मृतकको संख्या बढ्ने अनुमान गरिएको बीबीसीलाई बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १४:१८
Weather Update