राजनीति फूलको ओछ्यानमा सुतेको जस्तो हुँदैन : पर्यटनमन्त्री किराँती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजनीति फूलको ओछ्यानमा सुतेको र फूलको बाटोमा हिँडेको जस्तो सजिलो नभएको बताएका छन् ।
नेपाल पर्वतारोहण संघको ३३औं वार्षिक साधारणसभा कार्यक्रममा उनले सरकारले गरेको राम्रो कामको उदाहरण दिँदै आफूहरू काँडाको बाटोमा हिँडिरहेको तर्क गरे ।
‘राजनीति फूलको ओछ्यानमा सुत्नु होइन । तरबारको धारमा, आगो ज्वालामा पस्न साहस गर्ने मान्छे मात्र राजनीतिमा लाग्छ । फूलको बाटो हामी हिँडिरहेका छैनौं । काँडाको बाटो हिँडिरहेका छौं,’ उनले भने ।
उनले पर्यटनको क्षेत्र सबैको लागि प्राथमिकताको विषय भएको बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० १४:०९