News Griha :: न्यूजगृह
‘प्रधानाध्यापकको दरबन्दीलाई विशिष्टीकृत गर्दै लैजानुपर्छ’

काठमाडौं— सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यार्थीहरूमा अन्यौलता व्यापक देखिएको बताएका छन् ।

ट्याक्सएड अलायन्स नेपालको सहकार्यमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टू) द्वारा बुधबार काठमाडौंमा आयोजित ‘शिक्षक व्यवस्थापन र शिक्षकमा लगानी संवाद कार्यक्रम’ उनले सो कुरा बताएका हुन् ।

शिक्षण पेसामा आकर्षण घट्दै गइरहेको र नयाँ शिक्षक थपिए पनि प्रधानाध्यापकको दरबन्दी भने उही रहेको उनको भनाइ छ ।

प्रधानाध्यापकको दरबन्दीलाई विशिष्टीकृत गर्दै लैजान आजको आवश्यक रहेको मोक्तानले बताए ।उनले भने,‘अहिलेको बजेटले विद्यालयहरू चल्ने अवस्था नरहेको र यस्तो अवस्थामा गुणस्तर खोज्नु नै मूर्खता हो ।’ उनले शिक्षा ऐन मात्र बन्दैमा शिक्षाको विकास नहुने बताए ।

एक्सनएड नेपालका निति तथा कार्यक्रम विभाग प्रमुख सरोजकुमार पोखरेलले विद्यालयमा शिक्षक र शिक्षाको मात्र कुरा गर्नुभन्दा पनि बालबालिकाप्रति जवाफदेहिता आवश्यक रहेको बताए ।

उनले गुणस्तरीय शिक्षाका लागि शिक्षकको क्षमता अभिवृद्धिमा काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १३:५६
Weather Update