News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— अनेरास्ववियूले बालुवाटारमा गरिएको उधारो सहमति मान्य नहुने भन्दै सहमति पत्र जलाएका छन् ।

बिहीबार सरकारी विद्यार्थी संगठनलाई बालुवाटार बोलाएर गरिएको उधारो सहमति नमान्ने भन्दै विरोध गरेका हुन् ।

Prabhu Bank

त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिबारे बालुवाटारमा गरिएको उधारो सहमति मान्य नहुने उनीहरूको भनाइ थियो ।

‘शुल्क वृद्धि फिर्ता नभएसम्म आन्दोलन सरकारवादी संगठनलाई अनसनको नाटक मञ्चन गराएर बालुवाटारमा गरिएको उधारो सहमति अनेरास्ववियुलाई मान्य हुँदैन,’ विद्यार्थीहरूले भने ।

यसअघि बिहीबार सत्ता गठबन्धन आबद्ध विद्यार्थी संघहरूसँग सहमति भएको थियो । उनीहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसँग पाँच बुँदे सहमति गरेका हुन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १०:४२
राजनीति
विशेष
Weather Update