News Griha :: न्यूजगृह
क्रिकेट टोलीलाई बालेन साहको हौसला : हामी हिँडेको बाटो गलत छैन 

काठमाडौं— पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली टोलीलाई काठमाडौं महानगरका मेयर बालेन साहले हौसला प्रदान गरेका छन् ।

उनले समाजिक सञ्जालमार्फत बाटो लामो भएकाले हिँड्नु पर्ने बाटो यही भएको बताएका छन् । उनले खेलाडी, व्यवस्थापक र समर्थकहरूलाई सम्बोधन गर्दै हिँडेको बाटो गलत नभएको बताएका हुन् ।

‘विश्व स्तरीय टिम र खेलाडीहरूसँगको सिकाइले केही वर्षमा यूएईहरूसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सके जस्तै भारत, पाकिस्तान जस्ता देशहरूसँग पनि अवश्य राम्रो गर्ने छौँ,’ उनले भने ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०९:२५
Weather Update