News Griha :: न्यूजगृह
काठमाडौंका यी सडकहरू दुई दिन बन्द
फाइल तस्बिर

काठमाडौं— काठमाडौं महानगरभित्रका भित्री सडकमा सवारी आवागमन रोकिएको छ ।

महानगरले बिहीबार र शुक्रबार काठमाडौंका भित्री सडकमा सवारी आवागमन निषेध गरिएको हो ।

महानगरका अनुसार बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश रोक लगाइएको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०८:०२
Weather Update