News Griha :: न्यूजगृह
क्वाँटी खाँदा के फाइदा हुन्छ ?

काठमाडौं— हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन पर्व मनाउने प्रचलन रही आएको छ ।

यस दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म प्रचलित छ ।

यसै दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन रही आएको छ । यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि तापको सञ्चार गर्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा. वंशदीप शर्मा खरेल बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघा खोकीजस्ता रोग निको हुने उनले बताए । 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०७:१९
Weather Update