News Griha :: न्यूजगृह
आजको मौसम : यी स्थानमा वर्षा हुने

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । 

साथै बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । सोही प्रभावका कारण नेपालको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ । 

यी प्रदेशका पहाडी भूभागमा थोरै स्थानहरूमा हल्कादेखि मध्यम र बाँकी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ । यी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०६:४५
Weather Update