News Griha :: न्यूजगृह
त्रिवि र विद्यार्थी संगठनबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
तस्बिर आरती लामाको फेसबुकबाट

काठमाडौं— त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनबीच विभिन्न ५ बुँदे सहमति भएको छ । आन्दोलनरत विद्यार्थी संगठन र विश्वविद्यालयका पदाधिकारीबीच बुधबार ५ बुँदे सहमति भएको हो ।

उनीहरूबीचकाे सहमतिपत्रमा इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेकाे शुल्क फिर्ता लिन निर्देशन दिने उल्लेख छ ।

त्यसैगरी हप्ता दिनभित्र प्रतिवेदन दिने गरी विद्यार्थी प्रतिनिधिसहित समिति गठन र त्यसका आधारमा शुल्क लागु गर्ने पनि सहमति भएको छ ।

हाल स्थगित भएको प्रवेश परीक्षालगायतका कार्यक्रम सुचारु गर्ने र आमरण अनशनलगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्र

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २०:३१
Weather Update