
काठमाडौं— काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार सापारु र रोपाइँ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।
शुक्रबार सापारु र रोपाइँ जात्रालाई परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको सूचनामा उल्लेख छ । बिदा काठमाडौं महानगरपालिका क्षेत्रभित्र मात्र हुनेछ ।
‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा प्रकाशित सूचनामा भनिएको छ ।
बिहीबार जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेकोले सरकारले बिहीबार मात्र सार्वजनिक बिदा दिएको छ ।













