मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : एमाले अध्यक्ष ओली
मोरङ— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सद्भाव बिथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री ओलीले संसदबाट पास भएको एमसीसी सम्झौता कार्यान्वयन लैजाने बताउँदै १२ बुँदे व्याख्या झुक्याउने कार्य मात्र भएको स्पष्ट पारे ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धन दलसँग कोशी प्रदेशमा सरकार निर्माणका लागि कुनै सम्झौता नगरेको जनाउँदै राप्रपाले गठबन्धनलाई सहयोग गर्ने झुटाे भएको दाबी गरे ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १९:२२