News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरण : सीआईबीले बरामद गर्‍यो थप २ सुन गाल्ने उपकरण

काठमाडौं— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप २ वटा सुन गाल्ने उपकरण बरामद गरेको छ ।

उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने उपकरण बरामद गरिएको ब्युरोकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

यसअघि तस्कर समूहले प्रयोग गरेको ५ वटा सुन गाल्ने उपकरण बरामद भइसकेको थियो । हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:३९
Weather Update