News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरण : माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं— सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राहुललाई बुधबार पक्राउ गरेको थियो ।

उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:२३
Weather Update