२४ घण्टामा सरकार ढाल्ने सुनिल शर्माको चेतावनी

काठमाडौं— नेपाली कांग्रेसका नेता सुनिल शर्माले आफूहरू लागे भने सरकार २४ घण्टामै ढल्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेका नेताकै कारण देश बर्बाद भएको भन्दै त्यसविरुद्ध आवाज उठाउन ढिला भएको बताए । उनले अहिलेका प्रधानमन्त्रीलाई देशै रित्तियो भने कसको प्रधानमन्त्री बन्ने ? भन्दै प्रश्न उठाए ।
उनले उद्योग बाणिज्य महासंघले आफ्नो क्षमता नबुझेको भन्दै उद्योगीहरूले चाहे २४ घण्टामा सरकार ढल्ने ठोकुवा गरे ।
‘एफएनसीसीआईका साथीहरू तपाईहरूले आफ्नो दम बुझ्नु भएको छैन, यो सरकार २४ घण्टा टिक्दैन यदि, हामी लाग्यौँ भने,’ उनले भने ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १६:५६