News Griha :: न्यूजगृह
धनगढीमा हुने समाजवादी मोर्चाको सभा स्थगित
फाइल तस्बिर

काठमाडौं— समाजवादी मोर्चाले धनगढीमा गर्ने भनिएको सन्देश सभा अन्तिम समयमा स्थगित भएको छ ।

बुधबार दिउँसो १ बजे बस्ने सभा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूको कार्य व्यस्तताका कारण स्थगित गरिएको हो ।

‘शीर्ष नेताहरूको कार्य व्यस्तताले आजका लागि तय गरिएको सभा स्थागित गरिएको छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने, ‘त्यहाँको कार्यक्रम नेताहरूले आपसी परार्मशमा तय गर्नु हुनेछ ।’

भदौ ८ गते वीरगञ्जबाट सुरु भएको मोर्चाको प्रदेश स्तरीय सभा बिहीबार अर्थात भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ । यसअघि हिजो उनीहरूले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १०:१३
Weather Update