News Griha :: न्यूजगृह
एमाले सचिवालय बैठक सिराहामा बस्दै
फाइल तस्बिर

काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने भएको हो ।

भदौ ९ गतेलाई तय गरेको बैठक अन्तिम समयमा स्थगित गरेको एमालेले फेरि सोही ठाउँमा बैठक गर्ने निर्णय गरेको थियो ।

मधेससँगको सम्बन्ध चिसिएको बुझाइ रहेको एमालेले त्यहाँ बैठक गरेर मधेस प्रदेशमा संगठन सुधारको रणनीति अख्तियार गर्न लागेको छ ।

बैठकका लागि कतिपय नेताहरू त्यहाँ पुगिसकेका छन् भने केही पुग्ने क्रममा रहेको एमालेले जनाएको छ । जहाँ तत्कालीन मालेले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो ।

सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:१२
Weather Update