News Griha :: न्यूजगृह
समाजवादी मोर्चाले धनगढीमा कार्यक्रम गर्दै

काठमाडौं— समाजवादी मोर्चाले बुधबार धनगढीमा कार्यक्रम गर्ने भएको छ । ४ दल सम्मिलित मोर्चाले सन्देश सभाको नाममा ७ वटै प्रदेशमा घोषणा कार्यक्रम तय गरेअनुसार बुधबार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रमलाई मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजादी, जनता समाजवादी पार्टी, नेपाल (जसपा) र विप्लव नेतृत्वकाे नेकपा रहेका छन् ।

मार्चाले यसअघि नै ८ गते वीरगन्जमा, १२ गते बुटवलमा घोषणासभा गरिसकेको छ । यस्तै  १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडामा र २५ गते विराटगनरमा घोषणासभा गर्ने तय गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०६:४८
Weather Update