News Griha :: न्यूजगृह
संसदीय समितिमा सहमतिले सरकार गठन र पूर्णतामा सहजता ल्याउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री दाहालले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका हुन् ।

‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन । सरकार सफल हुन्छ,’ उनले भने,‘छलफल सकारात्मक ढंगले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ । हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ ।’

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:५१
Weather Update