एमालेले अरू प्रतिपक्षीको मतलब गरेन : रास्वापा

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अन्य प्रतिपक्ष दललाई मतलब नगरी समिति सभापति लिएको आरोप लगाएका छन् ।
प्रमुख सचेतक परियारले एमालेले अरु पार्टीहरूलाई कुनै मतलब नगरी समिति सभापति लिएर गल्ती गरेको बताएका हुन् । उनले एमालेले ‘मै लाउँ मै खाउँ’ भन्नेजस्तो व्यवहार गरेको बताए ।
उनले सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडिएको बताए । संसदलाई प्रभावशाली र गतिशिल बनाउन नभई संकुचन गराउने प्रयास भएको उनको भनाइ थियो ।
उनले रास्वपालाई एउटा समिति सभापति लिन प्रस्ताव आएको भए पनि आफूहरूले नलिएको बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १७:५४