काठमाडौं— नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । चौधरी दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ १५:१५