News Griha :: न्यूजगृह
विद्या भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमाले स्वागत गर्छ : प्रमुख सचेतक

काठमाडौं— नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आए एमालेले स्वागत गर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले भण्डारी नेकपाको पूर्व नेत्री भएकाले फेरि सक्रिय राजनीतिमा फर्किन सक्ने बताएका हुन् ।

‘पूर्वराष्ट्रपति विद्या देवी भण्डारी पूर्व नेता हो, हाम्रो पार्टीको उहाँले अहिले फेरि नेकपा एमालेमा आएर सक्रिय राजनीति गर्छु भन्ने हो भने कानुनले पनि रोक्दैन् संविधानले पनि रोक्दैन्,’ उनले भने, ‘आउने कि नआउने भन्ने बारेमा उहाँले राष्ट्रपतिमा जिम्मेवारी पूरा गरिसकेपछि अब गम्भीरताका साथ सोच विचार गरेर निर्णय गर्नुहुन्छ ।’

त्यस्तै, उनले नेकपालाई प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपालले फुटाएको आरोप लगाए । प्रचण्ड र अध्यक्ष माधव नेपाले आफ्नो सरकार ढलाउने र अरुको नेतृत्वमा सरकार बनाउनका लागि हस्ताक्षर गर्दै हिँडेको उनको दाबी छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:४१
Weather Update