News Griha :: न्यूजगृह
विवादित विधेयक पेश गर्ने बेला गणपूरक नभएपछि बैठक स्थगित

काठमाडौं— मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या पूरा नभएपछि ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ पेश नभई स्थगित भएको छ ।

संसदमा गणपूरक हुनका लागि ६९ सांसदको अवश्यक पर्दछ । तर, बैठकको अन्तिमसम्म ५९ जना मात्रै उपस्थित रहेका थिए ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको विधेयकमाथि छलफल भए पनि पेश गर्ने बेलामा गणपूरक संख्या अपुग भएको हो ।

सभामुखले निर्णायार्थ प्रस्तुत गर्ने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) सांसद सुमना श्रेष्ठ र एमाले सांसद ठाकुर गैरे नियमापत्ति जनाउँदै गणपूरक नभएको बताएका थिए । 

यसैबीच सभामुख देवराज घिमिरेले तीन मिनेट घण्टी बजाएर सांसदको गणना गरेका थिए । सत्ता पक्ष र प्रतिपक्षीबीच विवाद हुँदै आएको यस विधेयक पेश गर्न बेला गणपूरक नभएपछि सभामुखले भदौ १८ गतेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:३२
Weather Update