News Griha :: न्यूजगृह
उपेन्द्र यादव र शिवचन्द्र कुशवाहाले बारा २ मा गरे उम्मेदवारी दर्ता

बारा— उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभाको सदस्यका लागि बारामा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले  उम्मेदवारी दर्ता गराएका छन् । 

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादव र कुशवाहाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मुकेश यादवले जानकारी दिए । उनले दिउँसो साढे २ बजेसम्म १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यादव र कुशवाहासँगै हाम्रो नेपाल पार्टीबाट चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीबाट मुक्ति यादवले बारा २ मा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी विनोदकुमार कर्ण, धुपलाल हजारा, गिर्जा कुमारी लगायत ११ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए । 

आगामी वैशाख १० गते रिक्त रहेको बारा २, चितवन १ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १४:५३
Weather Update