News Griha :: न्यूजगृह
चीन भ्रमणमा सीमा नाकाको प्रभावकारी सञ्चालन गर्न जोड दिन्छु : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा नयाँ सीमा नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार संसदमा सांसदहरूले गरेको प्रत्यक्ष प्रश्नोतरमा प्रस्तुत भएका दाहालले सांसद उदय शमशेर जबराले गरेको प्रश्नको उत्तर दिँदै आफ्नो आसन्न चीन भ्रमणमा यसअघि दुई देशबीच भएको विविध सम्झौतालाई कार्यान्वयन गर्न पहल गर्ने र दुई देशबीचको सीमानाका सञ्चालनलाई प्रभावकारी बनाउनेतर्फ जोड दिने बताए ।

उनले भने, ‘मेरो चीन भ्रमण दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि नेपाल–चीन सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रीत रहने छ ।’ 

त्यस्तै, उनले आफ्नो भ्रमण सामाजिक आर्थिक रुपले फलदायी हुने दाबी गरे । उनले नेपालको सामाजिक आर्थिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउने गरी चीन भ्रमण प्राथमिकतामा रहेको उल्लेख गरे ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:३३
Weather Update