News Griha :: न्यूजगृह
अनुसन्धानमा प्रधानमन्त्री आउँछ भने पनि छोड्न आवश्यक छैन : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अनुसन्धानमा प्रधानमन्त्री आए पनि छोड्न नहुने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले सरकार गठन भएदेखि आफूले सुशासन कामय राख्न प्रयत्न गर्दै आएको दाबी गरे । 

‘प्रहरीको अनुसन्धानबाट कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम गरेका छैन,’ उनले भने, ‘दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, अनुसन्धानमा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन, मेरो पार्टीको त के कुरा ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुशासन कायम राख्ने बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:१३
Weather Update