News Griha :: न्यूजगृह
लहान नगरपालिकाले फोहोर संकलन गर्न भित्र्यायो ‘गारवेज ट्रक’
फाइल तस्बिर

सिरहा— लहान नगरपालिकाले फोहोर संकलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहोर संकलन गर्न थालिएको जानकारी दिए ।

फोहोर संकलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहोर ती ट्रकमा संकलन हुने र विस्तारै कार्यविधि बनाएर सबै वडामा विस्तार हुने उनको भनाइ थियो ।

नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहोर संकलनका लागि ट्रक जान सक्ने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १०:५३
Weather Update