News Griha :: न्यूजगृह
सरकार नेतृत्वको हैसियतले ब्याटलको सुरु गरेको छु : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार र पार्टीमा विशेष रुपान्तरणको कार्यक्रम सुरु गरेको बताएका छन् ।

मंगलबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले पार्टी संगठन सुधार गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य दायित्व रहेको बताए ।

‘हिजो त्यो क्रान्ति विचार राजनीतिका दृष्टिकोणले एउटा स्पष्टतासहित तल सानो गाउँ र थोरैबाट सुरु गरिएको थियो, सरकार र पार्टी नेतृत्वको हैसियतले यो ब्याटलको सुरुवात माथिबाट गरेन भने हामी समावाजवादको अधार तयार गर्न सकिँदैन,’ दाहालले भने, ‘सरकार र पार्टीको नेतृत्वकर्ताको हिसाबले म आफैले ब्याटलको सुरुवात गरेको छु ।’

अहिलेको ब्याटलमा सबैको साथ र सहयोग आवश्यक पर्ने जनाउँदै प्रधानमन्त्री दाहालले थपे, ‘अब समाजवादको नयाँ यात्रा  जानु पर्छ ।’

उनले हिजो जनयुद्ध सुरु गर्दा जुन विचार भावमा पहल गरेको र चौथो केन्द्रीय समितिको बैठकबाट समाजवादी क्रान्तिको सुरुवात भएको बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १०:३८
Weather Update