समाजवादी मोर्चाको कार्यक्रमका लागि प्रचण्ड बुटवल जाँदै

काठमाडौं— प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बुटवल जाँदैछन् ।
उनी समाजवादी मोर्चाले आयोजना गर्ने सभालाई सम्बोधन गर्न बुटवल जान लागेका हुन् ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई मोर्चामा आबद्ध अन्य ४ दलका शीर्ष नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनता समाजवादीका नेता मनिकर कार्कीले जानकारी दिए ।
मोर्चामा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० ०९:३९













