News Griha :: न्यूजगृह
बेलायतको एअर ट्राफिक कन्ट्रोल सिस्टममा समस्या, हजारौं यात्रु अलपत्र
तस्बिर : बीबीसी

काठमाडौं— बेलायतको एअर ट्राफिक कन्ट्रोल सिस्टममा प्राविधिक समस्या आएपछि हजारौं हवाई यात्रुहरूले लामो समयदेखि ढिलाइ र रद्दको सामना गरिरहेका छन् ।

बीबीसीका अनुसार नेशनल एअर ट्राफिक सेवाले विमान अवतरणको संख्या सीमित गरेपछि यात्रुहरू बेलायत र विदेशमा अलपत्र छन् ।

ग्याटविक एअरपोर्टले मंगलबार सामान्य तालिका सञ्चालन गर्ने योजना बनाएको बताएको छ ।

तर यात्रुहरूलाई एअरपोर्टमा जानुअघि एअरलाइनसँग उडानको स्थिति जाँच गर्न सल्लाह दिइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०८:५६
Weather Update