सर्वोच्चको न्यायाधीशमा शर्मा दोस्रोपटक सिफारिस

काठमाडौं— सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषद्ले विनोद शर्मालाई सिफारिस गरेको छ ।
आइतबार बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चमा रिक्त न्यायाधीश पदमा शर्मालाई नियुक्ति गर्न पुनः सिफारिस गरेको हो ।
अघिल्लो वर्ष कायममुकायम प्रधानन्यायाधीश दीपकराज कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले २०७९ भदौ २१ गते जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शर्मासहित तुल्सीपुर उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित र नेपाल ल क्याम्पसका प्राध्यापक डीएन पराजुलीलाई सर्वोच्चमा नियुक्ति गर्न सिफारिस गरेको थियो ।
तर उनीहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन । जसले गर्दा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएर पनि उनीहरूको नियुक्ति हुन सकेको थिएन ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० ०८:४३













