News Griha :: न्यूजगृह
ललितपुरमा कन्सल्टेन्सीमा आगलागी हुँदा ४५ लाखकाे क्षति

काठमाडौं— ललितपुर महानगरपालिका–२० सुनाकोठीस्थित एक कन्सल्टेन्सीमा आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले सोमबार साँझ स्थानीय ४० वर्षीय पुष्पराज पौडेलको एजुकेसनल कन्सल्टेन्सी नेटवर्क प्रा.लि.मा विद्युत् ‘सर्ट’ भई आगलागी भएको जानकारी दिए ।

आगलागीबाट फर्निचरका विभिन्न सामान र १४ थान कम्प्युटर गरी करिब ४४ लाख ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०६:०५
Weather Update