कस्तो रहला मंगलबार मौसम ?

काठमाडौं— देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
तत्काललाई भारी वर्षाको सम्भावना नरहेको पनि मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० ०५:५५













