News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलले गरे ३ राजदूत नियुक्त

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विभिन्न देशमा ३ जना राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १९:३५
Weather Update