विप्लव भन्छन्— कम्युनिस्ट एकताको विकल्प छैन

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् ।
सोमबार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बताए ।
उनले भने, ‘प्रगतिशील शक्ति मिल्नुपर्छ । नेपालको परिस्थितिले के भन्छ भने प्रगतिशीलहरू, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्छ ।’
उनले नेपालमा राजनीति अन्तर्विरोध फेरिएको भन्दै नेपाली जनताको मुख्य लडाइँ अमेरिकी साम्राज्यवादविरुद्ध रहेको बताए ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १९:२९