News Griha :: न्यूजगृह
सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड

काठमाडाैं— साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लंघनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

आतंकवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले गत महिना मोहम्मद अलघामदीविरुद्ध उक्त फैसला सुनाएको हो ।

अलघामदीमाथि साउदी नेतृत्वविरुद्ध षड्यन्त्र गरेको,राज्यका संस्थालाई कमजोर पार्ने र आतंकवादी विचारधारालाई समर्थन गरेको अभियोग लगाइएको उनका भाइले सोमबार एएफपीलाई बताएका हुन् ।

मानव अधिकारकर्मीहरूले अलघामदीविरुद्धको यो निर्णयले साउदीमा सामाजिक सञ्जालमा प्रकाशित आलोचना कति घातक हुन्छ भन्ने प्रष्ट पारेको बताएका छन् । एजेन्सी

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:५७
Weather Update