News Griha :: न्यूजगृह
झलनाथ खनालको दाबी : एमसीसी राष्ट्रको हितमा छैन
फाइल तस्बिर

काठमाडौं— पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको दस्तावेज लुकाइएको आरोप लगाएका छन् ।

सोमबार एमसीसी कार्यान्वयनविरुद्धको अन्तक्रिया कार्यक्रममा सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले इमान्दारीपूर्वक सम्झौता गरिएको भए दस्तावेज लुकाउन आवश्यक नभएको बताए । 

उनले सम्झौता देश र राष्ट्रको हितमा गरिएको भए दस्तावेज खुल्ला रुपमा राख्नु पर्ने भन्दै ‘दालमा केही कालो छ’ भन्ने यसैबाट प्रष्ट भएको बताए । 

‘यदि, इमानदारीपूर्वक गरिएको थियो, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको थियो भने दस्तावेज लुकाउनु पर्ने के जरुरत थियो ? के कारणले लुकाइयो ?,’ उनले प्रश्न गरे ।

नेता खनालले एमसीसी मात्र नभई एसपीपीसमेत आएको बताउँदै जनताको आँखामा धुलो छर्ने काम भएको बताए । एमसीसीको बारेमा आफूले कुरा उठाउँदा संसदमा समेत सांसदहरू आफूविरुद्ध कुर्लिने काम गरेको उनको गुनासो थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:०९
Weather Update